बागमतीमुख्य समाचारसमाचार

दोलखाको लामाबगरमा सशस्त्रको बिओपि स्थापना

लामाबगर, दोलखा/चिनको तिब्बतसंग सिमा जोडिएको दोलखाको लामाबगरमा सशस्त्र प्रहरी बलको बिओपि (बोर्डर आउट पोष्ट) स्थापना गरिएको छ । पोष्टको उद्घाटन बुधवार सशस्त्र प्रहरी बलका डिआईजि मन्दिप श्रेष्ठले गर्नु भएको छ ।
पोष्ट उद्घाटनको अवसरमा सशस्त्र प्रहरी बलका डिआईजि मन्दिप श्रेष्ठले सिमामा स्थापना गरिने सशस्त्र प्रहरी बलको पोष्टले सिमाको सुरक्षासंगै अपराध नियन्त्रण, चोरी, डकैती नियन्त्रण, स्थानियको सुरक्षा लगायतको काममा समेत सहयोग गर्ने बताउनु भयो ।
डिआईजि श्रेष्ठले सिमामा स्थापना गरिने पोष्टले सिमा स्तम्भहरुको अवस्था, अवैध गतिविधि नियन्त्रण लगायतको काममा स्थानियको सहयोग सहित सक्रिय रहने उल्लेख गर्नुहुदै त्यसको लागि स्थानिय नागरिकको सहयोगको अपेक्षा गरिएको समेत बताउनु भयो ।
चिनको तिब्बतसंग दोलखाको एक सय १३ किलो मीटर सिमा जोडिएको र ५५ देखि ६१ सम्म सात वटा सिमा स्तम्भ रहेको सशस्त्र प्रहरी १८ नम्बर गुल्मका गुल्मपति प्रहरी नायव उपरीक्षक बुद्धिनारायण महर्जनले बताउनु भयो । सशस्त्र प्रहरी बलले बिओपि स्थापना गरेको दोलखाको बिगु गाँउपालिका वडा नम्बर १ लामाबगरबाट चिनको तिब्बतसंग सिमा नाका फलाक पुग्न ५ किलो मीटर र लप्ची पुग्न २३ किलो मीटरको दूरी रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक बुद्धिनारायण महर्जनले बताउनु भयो ।
सरकारको निर्णय अनुसार दोस्रो चरणमा दोलखाको लामाबगरमा बिओपि स्थापना गरिएको र छिट्टै चिनसंगको सिमाना लप्ची र फलाकमा समेत बिओपि स्थापना गरिने सशस्त्र प्रहरी बलका डिआईजि श्रेष्ठले बताउनु भयो ।
उद्घाटन कार्यक्रममा दोलखा बिगु गाँउपालिकाका अध्यक्ष युधिष्ठीर खड्का, प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी र सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक बुद्धिनारायण महर्जनले मन्तव्य व्यक्त गर्नु भएको थियो । मन्तव्यको क्रममा विगु गाँउपालिकाका अध्यक्ष युधिष्ठीर खड्काले विगतमा लप्चीका वासिन्दा खर्कको लागि चिनको सिमाना पुग्ने गरेको र सहमति अनुसार चिनले पनि खर्क प्रयोग गर्न दिएको तर अहिले खर्क नदिने र नेपालीलाई कुटपिट समेत हुने गरेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, सिमा प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सरोकारवाला कार्यालयका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
लामाबगरमा रहेको बिओपिमा सुरुमा सशस्त्र प्रहरी निरीक्षणको कमाण्डमा २५ जना रहने र पछि मापदण्ड अनुसार ५५ जना रहने सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक महर्जनले बताउनु भयो ।

सम्बन्धित समाचार