दोलखा/दोलखामा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकिकरण अभियान सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले बुधवार आयोजना गरेको जिल्ला समायोजन समारोहले दुई पार्टीको एकिकरण अभियान टुङ्गाउदै पत्रकार पृष्ठभूमिका राजनबहादुर शिवाकोटीलाई संयोजकमा चयन गरेको छ ।
एकिकरण अघि राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको अध्यक्षमा नवराज श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को अध्यक्षमा बलबहादुर तमाङ रहेका थिए । एकिकरण पछिको राप्रपामा श्रेष्ठ र तमाङ सहसंयोजकमा चयन भएका छन् ।
एकता घोषणा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष बलबहादुर तमाङको सहभागिता रहेको भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नवराज श्रेष्ठको सहभागिता भने रहेको थिएन । एकिकरण पछिको राप्रपाको जिल्ला कार्य समिति सदस्यहरुमा पहिले दुबै पार्टीमा जिल्ला समितिमा रहेका सदस्यहरुनै रहने संयोजक राजनबहादुर शिवाकोटीले बताए ।
एकता घोषणा कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य सुन्दरप्रकाश खड्का, प्रविण थोकर र दोलखाका संयोजक राजनबहादुर शिवाकोटीले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्