कला / साहित्यबिचार / ब्लग

हामी औकातअनुसारका भ्रष्ट !

अर्जुन अपवाद

‘नेतै भ्रष्ट भएर देश पछि परेको ।।। बालुवाटारकै जग्गा त खाइदिए ।।। जुट मिल पनि सकेछन् । अरु देशमा त भ्रष्टचारीलाई मृत्युदण्ड छ यहाँ पनि हुनपर्ने ।।। सिस्टम माने पो काम हुन्थ्यो‘

सार्वजनिक ठाउँमा यि कुरा नसुनिए अचम्म मान्न पर्ने अवस्था छ । हरेक सञ्चारमाध्यममा हुने बहस पनि भ्रष्टचारमै केन्द्रित छ । भ्रष्टचार नियन्त्रणमा सरकार शुन्य सहनसिलताको नीतिमा छ । अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र भ्रष्टचार रोक्न कम्मर कसेर लागेका छन् । नेपाल भने भ्रष्ट मुलुकको सुचिमा वर्षेनी किन अगाडि बढिरहेको छ रु यिनै प्रश्नहरुमा केन्द्रित यो आलेखको सुरुमा दुई प्रसङ्गः
प्रसङ्ग १
कार्यक्रमको विषय, भ्रष्टचार कसरी रोक्न सकिन्छ रु वक्ता, लामो समय कम्युनिष्ट राजनीतिका साथै वकालत पेशामा रहेका प्रोण प्रताप केसि । कार्यक्रमस्थल, दोलखा सदरमुकाम चरिकोट । सहभागि, जिल्लाका विभिन्न पालिका घर भएका युवा जमात । अपेक्षा, भ्रष्टचार रोक्न युवाहरु लाग्नपर्‍यो भन्ने उत्प्रेरक९उत्तेजक० भाषण ।
त्यस्तो भएन । उनले सुरुमै भनिदिए हामी औकातअनुसारका भ्रष्टचारी हौं । सुन्नेहरुले मुखामुख गरे । उनले प्रसङ्ग जोडेर कुरा सुरु गरे ।।।।घरमा एउटा ४ वर्षको बच्चालाई बजारमा सामान किन्न पठायो भने उसले उभ्रिएको पैसा फिर्ता गर्दैन । उसले त्यो पैसा लुकाउँछ र उसलाई मन लागेको सामान किन्छ । उसले त्यो भन्दा ठूलो मात्राको भ्रष्टचार गर्न सक्दैन । सकेकोमा गरिहाल्यो । हामी यहाँ उपस्थित धेरै पनि ठाउँ पाउँदा बेइमान गर्छौं । मन्त्रीले अलि ठूलो ठाउँ पाउँछ । उसले ठूलै भ्रष्टचार गर्छ । उपस्थितहरुले सहमत भएर हो वा असहमत भएर हो टाउको हल्लाए ।

प्रसङ्ग २
गाउँपालिका अध्यक्षको गाडीमा यात्रा गर्दै थियौं । एक स्थानीय पनि चढे । उनले एक वडाध्यक्षले विकास आयोजना उपभोक्ता समितिबाट अवैध रकम लिएको गुनासो गरे । मैले जवाफ फर्काएँ । पैसा तिर्न तयार हुनेले पनि कतै न कतै गल्ति गरेको होला । नत्र वडाध्यक्षले माग्दैमा के पैसा बुझाउँथ्यो । त्यसपछि सबैजना मौन रह्यौ । अलिकति अगाडि बढेपछि गुनासोवाला स्थानीय गाडिबाट उत्रिए । सम्भवत उनको घर त्यतै थियो होला ।
गाडि अलि अगाडि बढेपछि वडाध्यक्षकै कुरा निस्कियो । मैले मेरै कुरा दोहोर्‍याएँ । त्यसपछि अध्यक्षले आफ्नो भोगाइ सुनाउन सुरु गरे । भोगाइ यसप्रकार छ ।
अघिल्लो वर्ष गाउँपालिकाले गाउँमा भएका विकास निर्माणमा आफैंले एक समिति बनाएर नापजाँच सुरु गर्‍यो । नापजाँचमा जति परिमाणमा काम भएको छ त्यस बराबरको रकम मात्रै भुक्तानी गर्ने पालिकाको निर्णय थियो । कति काम गर्नुपर्ने थियो त्यत्ति काम भए नभएको पालिकाबाट खटिएको टोलीले नाप्न लाग्यो । उक्त नापजाँच पछि मात्र उपभोक्ता समितिले पैसा पाउने भयो । उनिहरुले विभिन्न योजना नापे । यस्तैमा उनिहरु एउटा सडकको नापजाँचमा पुगे । सडकमा ढुङ्गा विच्छ्याउने काम भैरहेको थियो । उनिहरुले सडक नाप्दा १ मिटरजति पुगेन । कामदार र समितिका मान्छेहरुले भने ुहामी आफ्नैलाई चाहिने सडक हो । हामी २, ४ मिटर थपेरै काम गर्छौं ।ु पालिकाको टोलीले उनिहरुलाई पत्यायो । काम सम्पन्न भएको प्रतिवेदन तयार भयो । उपभोक्ता समितिले पुरै कामको पैसा पायो ।
पालिकाबाट निकासा दिइसकेपछि प्रतिनीधिहरु कार्यस्थलमा फर्किएनन् । महालेखा परिक्षक कार्यालयबाट लेखापरिक्षणका लागि टोली आयो । टोलीले केहि आयोजना सम्बन्धित फिल्डमा नै हेर्ने मनसाय व्यक्त गर्‍यो । गाउँपालिकाले त्यहि १ मिटर बाँकि भएको सडक देखाउन लगे । सडक नाप्न लागियो । सडक नाप्दा गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरु तीन छक्क परे । कारण सडक १ मिटर कम नै थियो ।
एक मिटर सडक अपुरै छोड्ने व्यक्तिहरु ठाउँ पाए भने नेतृत्वको उछितो काढ्न पछि पर्दैनन् । भ्रष्टता उनकै काममा आइसक्यो । यो अहिले गाउँगाउँमा सामान्य बन्दै गइरहेको छ । यसमा विरोध व्यक्त गर्नेले गर्न सके । नसक्नेले मनमै राखे । यस्तै यस्तै देखेर होला विष्लेशक सौरभ नेपाली समाजलाई जनता नै लुटेरा भएको समाज भन्छन् । लुटेरा समाजले अपराधीलाई नेता ठान्दछ ।
सबै समाजमा सबै मान्छे सहि हुन्नन् । गलत मानिसलाई तह लगाउन भनेरै नियम कानुनहरुको निर्माण गरिएको हुन्छ । कानुनका दृष्टिमा सबै समान हुन्छन् । राज्यले कुनै पनि आधारमा कानुनको कार्यान्वयन रोक्दैन । कानुनी शासनको अवधारणा यसैकारण आएको हो । कानुनको प्रभावकारी कार्यान्वयन भने त्यसबेला मात्र हुन सक्छ जव कानुन उल्लंघनकर्ताको संख्या कानुन मान्नेहरुको भन्दा कम हुन जान्छ । तर अहिलेको अवस्था यस्तो हुन पुग्यो कि साँच्चीकै मैले घुस खाएको छैन भन्ने कर्मचारी औंलामा गन्न पुग्ने भैसकेको अवस्था छ । यो नेता राम्रो छ यसले नराम्रो गर्दैन भन्ने नेताहरुको संख्या कति होला रु हाम्रो समाजमा अनुकरण गर्न लायक व्यक्ति कति छन् रु चारैतिर भ्रष्टता देखेर भोगेर हुर्केको बालक भविष्यमा असल कसरी हुन सक्छ रु उसले भविष्यका लागि साँच्ने सपना कस्तो होला रु
देखिने कमाइबाट भातभान्सा चलाउनै मुस्किल हुने मानिसले पनि काठमाण्डौ वा अन्य महंगा शहरमा ४ तले घर ठड्यायो भने उ समाजको असल मान्छे भइहाल्छ । परिवारकाले भर्खर क्याम्पस जान लागेकालाई उसकै कथा सुनाउँछन् । त्यसमा लुकेको आशय भने उसकै जसरी प्रगति गर्न पर्‍यो भन्ने हुन्छ । उसले कसरी पैसा कमायो रु गलत काम पो गर्‍यो कि रु कसैले पनि प्रश्न उठाउँदैन । प्रश्न उठाउनेले पनि, आफूले कमाउन सकेन अनि अर्काको डाहा गर्छ भन्ने जवाफ पाइहाल्छ १
हरेक कुराका अन्तिम सिमाहरु हुन्छन् । त्यस सिमाभन्दा अगाडि जान ठाउँ हुँदैन । जव समाजमा अपराधलाई अधिकार ठान्न थालिन्छ त्यो भन्दा तल समाज जाने ठाउँ नै हुँदैन । अपराधमा जव जान्ने बुझ्नेले नै मौनता साँध्न थाल्दछ । नेपाली समाजमा पनि भ्रष्टचार तथा आर्थिक अनियमिततालाई अधिकार मान्न थालिएको छ । त्यो भन्दा विग्रने ठाउँ अब के होला रु
धेरै टाढा जानु भन्दा पनि भर्खरकै कुरा हेर्न पर्ला । नेपाल दिनानुदिन भ्रष्ट मुलुकतिरको यात्रामा दगुर्दो छ । अन्तराष्ट्रिय संस्थाहरुले पत्याउन नसक्ने अवस्था आइसकेको छ । अरु केहि नभएपनि कम्तीमा आश गर्ने ठाउँ त हुन पर्ने नै हो । त्यो पनि भएन । अहिलेको विडम्बना नै त्यहि हो ।
अन्तमा, कसै न कसैले त समाज बदल्न चाहनैपर्छ । चाहेर मात्र हुँदैन गम्भिर किसिमको आँट गर्नैपर्छ । राज्यका निकाय र नेतृत्वमा भरोषा भर्न सके समाज बिग्रिएर लिक मात्रै छोडेको हो । धेरै पर गएको छैन । जनतामा राज्यप्रतिको विश्वास दिलाउन सके हामी भ्रष्टताको दलदलबाट बाहिर अवस्य नै निस्कन्छौं । त्यसका लागि सबैले आफ्नो ठाउँमा सकेको प्रयास गर्नैपर्छ । नत्र नेतृत्वमात्रै हैन हामी पनि औकातअनुसारका भ्रष्ट हौं । हामीले अरुले गल्ती गरे भनेर रोइला गर्नुको साटो भ्रष्टतामा आफ्नो भाग खोजे हुन्छ ।

@apawaad

सम्बन्धित समाचार